म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले पदभार ग्रहण गरेका छन् । श्रेष्ठ र घिमिरेले शुक्रबार पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै अध्यक्ष श्रेष्ठले घर नक्सा कायम भएका घरमा निशुल्क नम्बर प्लेट वितरण गर्ने निर्णय गरेका छन् । एकपटकका लागि घर नक्सा पास भएका घरहरुमा नम्बर प्लेट निशुल्क वितरण गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
यस्तै उपाध्यक्ष घिमिरेले प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गर्ने निर्णय गरेका छन्।