आँखा शिविरमा १११ जना लाभन्वित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आँखा शिविरमा १११ जना लाभन्वित

    खबरपुञ्ज संवाददाता

    ७ जेष्ठ २०७९, आईतवार

    दुलेगौँडा : जिपि कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा भएको आँखा शिविरमा १११ जनाले सेवा लिएका छन् । लायन्स क्लब अफ दुलेगौँडा खैरेनी सिटी र लियो क्लब अफ दुलेगौँडा खैरेनी सिटीद्वारा आयोजित नियमित आँखा शिविरमा उक्त संख्यामा सेवा लिएका हुन् ।

    ११ जनालाई निशुल्क आँखाको शल्यक्रियाका लागि सिफारिस गरेको लियो प्रेमराज तिवारीले जानकारी दिए । उनका अनुसार ३६ जनालाई निशुल्क चस्मा वितरण गरिएको छ । हिमालय आँखा हस्पिटलका चिकित्सले सेवा दिएका छन् । हरेक महिनाको ८ गते आँखा शिविर आयोजना हुदैँ आईरहेको छ ।