दमाैली । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य धु्रव वाग्लेले आफ्नो राजनीति समाप्त पार्न अँध्यारो कोठामा बसेर प्रहार गरिएको बताएका छन् । स्थानीय तहको निर्वाचन परिणामलाई लिएर आफूमाथि षड्यन्त्रपूर्ण रुपमा प्रहार गरिएको वाग्लेले बताए ।
प्रेस युनियन तनहुँ शाखाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वाग्लेले पार्टीको आन्तरिक जित हारलाई लिएर अहिले षड्यन्त्र गरिएको बताए । “पार्टीको अधिवेशनको बेलाको जितहारको प्रक्रियालाई लिएर अहिले म माथि प्रहार भएको छ, मेरो राजनीति सिध्याउन अँध्यारो कोठामा बसेर प्रहार गर्न खोजिएको छ,” वाग्लेले भने, “म चुनौतिका साथ भन्न चाहन्छु, काङ्ग्रेस विरुद्ध लागेको प्रमाणसहित एक जना मान्छे उभ्याए राजनीति छाड्दिन्छु ।”
व्यास नगरपालिकामा नेपाली काङ्ग्रेसलाई सबै वडाबाट कम मत प्राप्त भएकाले त्यसको बारेमा छलफल गरिनुपर्नेमा वाग्लेले जोड दिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्ले (Live)
Posted by Khabarpunja on Friday, May 27, 2022