को बन्ला समन्वयको प्रमुख ? माओवादीले उपप्रमुख पाउने निश्चित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    को बन्ला समन्वयको प्रमुख ? माओवादीले उपप्रमुख पाउने निश्चित

    खबरपुञ्ज संवाददाता

    १६ जेष्ठ २०७९, मंगलवार

    दमौली । स्थानीय तह निर्वाचनबाट तनहुँका दश वटै पालिकामा प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष चुनिएपछि अब सबैको ध्यान जिल्ला समन्वय समितिमा केन्द्रित भएको छ । निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र समन्वय समिति गठन गर्नुपर्ने व्यवस्था छ ।

    तनहुँमा समन्वय समिति गठनका लागि एउटै पार्टीको बहुमत पुगेको छैन । अघिल्लो निर्वाचनबाट नेपाली कांग्रेसले २० मध्ये १२ पद जितेर एकल समन्वय समिति बनाएको थियो। तर अहिले कांग्रेस एकल समन्वय समिति बनाउन सक्ने अवस्थामा छैन । कांग्रेसको अहिले १० मत मात्र छ । नेकपा एमालेसँग ६ र नेकपा माओवादी केन्द्रसँग ४ मत छ ।

    सत्तारुढ गठबन्धनले पॉच दलीय गठबन्धन अनुसार नै समन्वय समिति गठन गर्ने निर्णयसँगै तनहुँमा कांग्रेस र माओवादीको गठबन्धनबाट समन्वय समिति गठन हुने भएको छ । त्यसो हुँदा कांग्रेसले प्रमुख र माओवादीले उपप्रमुख लिएर भागबण्डा गर्नेछन् ।

    समन्वय समितिको प्रमुखका लागि कांग्रेसबाट शान्तिरमण वाग्ले प्रवल दावेदार हुन् । निवर्तमान प्रमुख समेत रहेका वाग्ले पुन: प्रमुख बन्नका लागि व्यास-३ को वडा सदस्य निर्वाचित भएका छन् ।

    माओवादीबाट भने उपप्रमुख बन्ने उम्मेदवारबारे छलफल हुन बॉकी रहेको जनाइएको छ ।