भानुका जनप्रतिनिधिलाई नेकपा एसको सुझाव – सुशासनलाई प्राथमिकता दिऔं
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानुका जनप्रतिनिधिलाई नेकपा एसको सुझाव – सुशासनलाई प्राथमिकता दिऔं

    खबरपुञ्ज संवाददाता

    १८ जेष्ठ २०७९, बिहीबार

    दमौली । नेकपा एकीकृत समाजवादी भानु नगर कमिटीले सुशासनलाई पहिलो प्राथमिकता दिन आग्रह गरेको छ । भानु नगरपालिकाका नवनिर्वाचित प्रतिनिधिलाई बधाई दिँदै नगर कमिटीले सुशासनलाई पहिलो प्राथमिकता दिन आग्रह गरेको हो ।

    नगर कमिटीका अध्यक्ष ऋषिराम पन्तद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘विगत पाँच वर्षलाई फर्केर हेर्दा हाम्रो भानु नगरपालिकामा कहीं कतै सन्तोष गर्ने विषय देखिंदैन । सुरुका दिन देखि नै हामीले ‘सुशासन’ लाई पहिलो प्राथमिकतामा राख्दै सोही अनुसार सल्लाह, सुझाव दिंदै आएका थियौं । तर यसको कार्यान्वयनमा चासो दिएको पाइएन ।’

    हालै सम्पन्न स्थानीय निर्वाचनका सन्दर्भमा नेकपा एससँग भएको सहमति कार्यान्वयनमा नेपाली काँग्रेस उदासीन देखिएकाले आगामी दिनमा केन्द्र देखिको गठबन्धनको भावना र भानुमा भएको सहमतिको मर्मलाई आत्मसात गर्दै अघि बढ्नका ध्यानाकर्षण गराइएको छ ।