दमौली । व्यास नगरपालिकाको कार्यपालिका चुनावका लागि कार्यतालिका प्रकाशित भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यपालिका सदस्य निर्वाचनका लागि कार्यतालिका प्रकाशित गरेको हो ।
तालिका अनुसार जेठ १९ गते उम्मेदवारको नामावली प्रकाशन, मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, संशोधित मतदाता नामावली प्रकाशित गरिनेछ । जेठ २० गते मतदाताको विरोधमा उजुरी दिने, उजुरी उपर जॉचबुझ गरिनेछ ।
यस्तै जेठ २१ गते मनोनयन र २५ गते मतदानको कार्यतालिका रहेको छ।
नगरपालिकामा आठ जना कार्यपालिका सदस्य निर्वाचित हुनेछन्। त्यसमध्ये पॉच जना महिला वडा सदस्यबाट र तीन जना दलित/अल्पसंख्यकबाट निर्वाचित हुने प्रावधान रहेको छ ।
व्यास नगरपालिकामा नेपाली कांग्रेसको बहुमत रहेकाले सबै कार्यपालिका सदस्य कांग्रेसबाटै निर्वाचित हुने निश्चित छ ।
जिल्लाका भानु, भिमाद, देवघाट, बन्दीपुर, म्याग्दे, ऋषिङ, घिरिङ, ऑबुखैरेनीमा कार्यपालिका सदस्य चयन भइसकेका छन् ।
शुक्लागण्डकी नगरपालिकाको कार्यपालिका निर्वाचन बिहीबार हुँदैछ ।