तनहुँमा नृत्य प्रशिक्षक प्रशिक्षण हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा नृत्य प्रशिक्षक प्रशिक्षण हुने

    खबरपुञ्ज संवाददाता

    २० जेष्ठ २०७९, शनिबार

    दमाैली । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चको आयोजना र नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानको सहयोगमा भिक्टोरिया डान्स ट्रेनिङ सेन्टरको हलमा नृत्य प्रशिक्षक प्रशिक्षण सञ्चालन गरिने भएको छ ।

    जेठ ३१ गतेदेखि पाँच दिनसम्म हुने नृत्य प्रशिक्षक प्रशिक्षण कार्यक्रमको तयारी स्वरुप शनिबार जिल्ला समन्वय समिति तनहुँको सभाहलमा बैठक सम्पन्न भएको छ ।

    नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य नृत्य विभाग प्रमुख नमुना शर्माको प्रस्ताव÷सहयोग अनुरुप कार्यक्रम गर्न लागिएको गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।

    नृत्य विभाग प्रमुख नमुना शर्माले देशका विभिन्न स्थानबाट प्रशिक्षणको लागि आवेदन आएको भएतापनि तनहुँ जिल्लालाई छनौट गरिएको बताउँदै नृत्य प्रशिक्षक प्रशिक्षणबाट प्रशिक्षित जो कोहीले आगामी दिनमा तनहुँ जिल्लाभित्र अथवा देशका विभिन्न स्थानमा प्रशिक्षण गर्न सक्ने बताइन् ।

    प्रतिष्ठानले नृत्य विधालाई पनि समेट्दै अगाडि बढेको संस्थाका सचिव दिवाकर भट्टराईले जानकारी दिए ।

    बैठकमा भिक्टोरिया डान्स ट्रेनिङ्ग सेन्टरका सञ्चालक सर्जन थापा, आदिवासी जनजाति महासंघ तनहुँकी अध्यक्ष बसुन्धरा घर्ती, श्रीराम कार्की लगायतको उपस्थिति थियो ।