दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ का स्थानीयवासीले पृथ्वीराजमार्ग अवरुद्ध गरेका छन् । तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा आज साँझ टिप्परको ठक्करबाट २१ वर्षीय इश्वर क्षेत्रीको मृत्यु भएपछि स्थानीयवासीले अहिले राजमार्ग अवरुद्ध गरिरहेका छन् ।
स्थानीयवासीको अवरोधका कारण यात्रुहरु विचल्लीमा परेका छन् ।
दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग १ क ५५३३ नम्बरको टिप्पर र विपरित दिशाबाट आउँदै गरेको ग १५ प १४८४ नम्बरको स्कूटर ठोक्किदा दुर्घटना स्कूटर चालकको मृत्यु भएको थियो ।