व्यासको कार्यपालिका सदस्यमा निर्वाचितलाई प्रमाणपत्र वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासको कार्यपालिका सदस्यमा निर्वाचितलाई प्रमाणपत्र वितरण

    खबरपुञ्ज संवाददाता

    २४ जेष्ठ २०७९, बुधबार

    दमाैली । व्यास नगरपालिकाको कार्यपालिका सदस्यमा निर्विरोध निर्वाचित भएका आठ जनालाई प्रमाणपत्र वितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार कार्यपालिका सदस्यलाई प्रमाणपत्र वितरण गरेको हो ।

    मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले कार्यपालिका सदस्यलाई प्रमाणपत्र वितरण गरेका हुन् ।

    कार्यपालिका सदस्यमा महिलातर्फ नेपाली काङ्ग्रेसका ज्ञानुमाया सुनार, नरीमाया राना, निला घिमिरे, कमलादेवी घर्ती, किस्ना दुरा गुरुङ, दलिततर्फ काङ्ग्रेसकै चन्द्रमाया परियार, अल्पसङ्ख्यकतर्फ चेतबहादुर दरै र दलिततर्फ नेकपा एकीकृत समाजवादीका रनसिंह नेपाली निर्विरोध निर्वाचित भएका थिए ।

    कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख शान्तिरमण वाग्ले लगायत सहभागी थिए ।