दुलेगाैडा । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न खण्डमा खाल्डाखुल्डी प्रहरीको सक्रियामा पुरिएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले बुधबार गाछेपानीदेखि ब्राइटचोकसम्मको सडकखण्डका खाल्डाखुल्डी पुरेको हो ।
इलाका प्रहरी कार्यालय बेलचौतारा र अस्थायी ट्राफिक प्रहरी पोष्टको सक्रियतामा टिप्पर र डोजरको सहयोगमा ग्राबेल सहितको चोकर ल्याई खाल्डाखुल्डी पुरिएको जनाइएको छ ।