दमाैली । व्यास नगरपालिका–९ गजौडेस्थित गजुरे स्वास्थ्यचौकीमा कार्यरत अनमी प्रजापति कुमालमाथि कुटपिट गर्नेलाई कारवाही गर्न माग गरिएको छ । व्यास नगर स्वास्थ्यकर्मी हकहित मञ्च र नेपाल स्वास्थ्यकर्मी सङ्घ व्यास नगरपालिकाले अनमी कुमालमाथि कुटपिट गर्नेलाई कारवाही गर्न माग गरेको हो ।
अध्यक्ष लक्ष्मी गुरुङले बुधबार साँझ विज्ञप्ती जारी स्वास्थ्यकर्मीको मनोबल गिराउने र समग्र स्वास्थ्य सेवामा नै असर पुग्न सक्ने मुद्दालाई गम्भीरताका साथ हेर्न तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन उपयुक्त कदम चाल्न सरोकारवालाको ध्यानाकर्षण गराएकी छन् ।
२४ घण्टे प्रसुती सेवाका लागि कार्यक्षेत्रमै रहेका बेला निर्घात रुपमा कुटपिट भएकामा स्वास्थ्यकर्मी दुःखी भएको उल्लेख गर्दै भौतिक आक्रमणको निन्दा गरिएको छ ।