अवरुद्ध पृथ्वीराजमार्गको दमौली–डुम्रे खण्ड एकतर्फी सुचारु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अवरुद्ध पृथ्वीराजमार्गको दमौली–डुम्रे खण्ड एकतर्फी सुचारु

    खबरपुञ्ज संवाददाता

    २५ जेष्ठ २०७९, बिहीबार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा अवरुद्ध भएको राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । बुधबार रातिदेखि परेको वर्षाका कारण सडकमा लेदो सहितको हिलोमा बस फसेपछि राति १० बजेदेखि अवरुद्ध भएको राजमार्ग बिहीबार बिहान ८ः४० देखि एकतर्फी सञ्चालनमा आएको हो ।

    राजमार्गमा फसेको बसलाई निकालेर राजमार्ग सुचारु गराइएको बन्दीपुर–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए । उक्त ठाउँमा कल्भर्ट निर्माण हुँदै गरेको थियो । पानीको निकास नभएपछि सडकमै लेदो जमेपछि बस फसेर राजमार्ग अवरुद्ध भएको हो ।

    रातिदेखि नै सवारीसाधनको लामो लाइन भएकाले सहज रुपमा यातायात सञ्चालनमा आउन केही समय लाग्ने देखिएको छ ।

    याम्पाफाँट र घाँसीकुवा खण्ड गत आइतबारबाट राति ११ बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिएकाले पनि राजमार्गमा सवारी साधनको लामो लाइन छ । मुग्लिङ–पोखरा सडक विस्तार योजना अन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्दा बाटो बन्द गर्ने गरिएको छ ।