एक पालिका : एक खेलमैदानका लागि बजेट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    एक पालिका : एक खेलमैदानका लागि बजेट

    खबरपुञ्ज संवाददाता

    २६ जेष्ठ २०७९, बिहीबार

    दमाैली । एक पालिका : एक खेलमैदान निर्माणका लागि तनहुँका विभिन्न पालिकामा सङ्घीय सरकारको तर्फबाट बजेट विनियोजन भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानको पहलमा युवा तथा खेलकुद मन्त्रालयबाट विभिन्न खेलमैदानका लागि बजेट विनियोजन भएको हो ।

    भतेरी रङ्गशाला खेलमैदानका लागि १० लाख, मैदीखोला खेलमैदानका लागि १० लाख, फराकचौर खेलमैदानका लागि १० लाख, भिमाद रङ्गशाला खेलमैदानका लागि १५ लाख, शुक्लागण्डकी ८ मा खेलमैदान निर्माणका लागि १५ लाख, भानु नगरपालिका खेलमैदानका लागि १० लाख विनियोजन भएको जनाइएको छ ।