बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिकाले ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । बिहीबार बसेको कार्यपालिका बैठकले यो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।
सञ्चारमाध्यमसँग सहकार्य गरेर सबै वडामा यो कार्यक्रम सञ्चालन गरिने बन्दीपुर-१ का वडाध्यक्ष एवं कार्यपालिका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए ।