दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम साइड नजिक सडक भासिएको ठाउँमा दुई जनाको शव फेला परेको छ । सडक भासिएर कार खसेको मस्र्याङ्दी नदीमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
शवको सनाखत हुन बाँकी रहेको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए । मानवीय क्षति अन्य पनि हुन सक्ने भएकाले खोजीकार्य भइरहेको छ ।
उक्त ठाउँबाट मोटरसाइकल खसेपनि चालक भने शकुसल भेटिएका थिए ।