सडक भासिएकाे ठाउँमा मृत फेला एकको पहिचान खुल्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    सडक भासिएकाे ठाउँमा मृत फेला एकको पहिचान खुल्यो

    खबरपुञ्ज संवाददाता

    २६ जेष्ठ २०७९, शुक्रबार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएको ठाउँमा फेला परेको एक शवको पहिचान खुलेको छ । सडक भासिएर कार खसेको मस्र्याङ्दी नदीमा दुई जनाको शव फेला परेकामा एक जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा गोरखाको छोप्राक घर भई हाल आँबुखैरेनी गाउँपालिका–२ का ३५ वर्षीय केशव घिमिरे रहेको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए। अर्का मृतकको पहिचान खुल्न बाँकी रहेको छ ।

    नेपाली सेना र प्रहरीकाे टाेलीले मृतककाे शव निकालेकाे छ । बा १० च ४६७९ नम्बरकाे नम्बरकाे कार पुरिँदा दुई जनाकाे मृत्यु भएकाे हाे ।

    May be an image of 4 people and outdoors

    मानवीय क्षति अन्य पनि हुन सक्ने भएकाले खोजीकार्य भइरहेको छ । उक्त ठाउँबाट मोटरसाइकल खसेपनि चालक भने शकुसल भेटिएका थिए ।

    सडक भासिएपछि पृथ्वीराजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । तत्काल राजमार्ग सुचारु हुने सम्भावना नरहेको प्रहरीले जनाएको छ । यहाँ वैकल्पिक मार्ग नभएकाले यात्रुहरु मर्कामा परेका छन् ।

    आँबुखैरेनी गाउँपालिकाका इन्जिनियरहरु घटनास्थल पुगेका छन् । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सडक भासिएको ठाउँमा बेलिब्रिज राख्ने वा भित्ता फालेर सडक फराकिलो पार्ने भनेर अध्ययनपछि टुङ्गो लाग्ने जानकारी दिए।

    प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले सडक भासिएको ठाउँमा अवलोकनका लागि प्राविधिक टोली पठाइएको जानकारी दिए ।