आँबुखैरेनीमा सडक भासिएपछि बिरामीलाई हेलिकप्टरबाट काठमाडौ लगियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आँबुखैरेनीमा सडक भासिएपछि बिरामीलाई हेलिकप्टरबाट काठमाडौ लगियो

    खबरपुञ्ज संवाददाता

    २६ जेष्ठ २०७९, शुक्रबार

    दमाैली । गोरखाको बारपाकका एक बिरामीलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौ लगिएको छ । उक्त रक्तचापका बिरामी ५२ वर्षीय बालशम्सेर गुरुङलाई एयर डाइनेष्टीको हेलिकप्टरबाट आज काठमाडौ लगिएको हो ।

    तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पावर हाउस नजिक शुक्रबार बिहान सडक भासिएपछि राजमार्ग अवरुद्ध छ । सडकमार्ग हुँदै जान नसकिने भएपछि दमौलीमा हेलिकप्टर मगाएर काठमाडौ लगिएको परिवारले जनाएका छन् ।