हरिनासको प्रवक्ताको जिम्मेवारी ओमप्रकाशलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कर्णाली

    हरिनासको प्रवक्ताको जिम्मेवारी ओमप्रकाशलाई

    खबरपुञ्ज संवाददाता

    ३१ जेष्ठ २०७९, मंगलवार

    दुलेगौंडा : हरिनास गाउँपालिकाको प्रवक्ताको जिम्मेवारी ओमप्रकाश सिग्देललाई तोकिएको छ । गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको पहिलो कार्यपालिका बैठकले प्रवक्ताको जिम्मेवारी सिग्देललाई तोकेको हो । सिग्देल वडा नम्बर ३ का वडाध्यक्ष  हुन्  ।

    यस्तै, बैठकले विभिन्न समिति पनि गठन गरेको छ ।  स्रोत अनुगमन तथा बजेट सिमा निर्धारण समितिको संयोजक गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरलाई तोकिएको छ ।

    राजश्व परामर्श समितिको संयोजकमा इन्द्राकुमारि थापा राना, आर्थिक बिकास समिति  संयोजकमा उजेलि परियार, पुर्वाधार विकास समिति संयोजकमा सन्तबहादुर थापा, सामाजिक बिकास समिति संयोजकमा भरत थापा, अनुगमन तथा सुपरिवेक्षण समिति संयोजकमा इन्द्राकुमारि थापा राना चयन भएका छन्  । यस्तै, न्यायिक समिति संयोजकमा इन्द्राकुमारि थापा राना, विधायन समिति संयोजकमा ओमप्रकाश सिग्देल,
    शिक्षा समिति संयोजकमा खिमनारायण मानन्धर, विपद व्यवस्थापन समिति संयोजकमा खिमनारायण मानन्धर, लेखा समिति संयोजकमा निर्मल लम्साल, बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजकमा इन्द्राकुमारि थापा राना चयन भएका छन्  ।