भानु । तनहुँको भानु नगरपालिका-११ स्थित ढाडखोलामा बाढी आउँदा टुहुरे पसल लगायतका बस्ती जोखिममा परेको छ । केही दिनदेखि परेको वर्षाले ढाडखोलामा बाढी आउँदा टुहुरे पसलका बस्ती जोखिममा परेका हुन् ।
बाढीले खानेपानी, सडक, पुल तथा सयौ रोपनी खेतीयोग्य जमिनमा समेत क्षति पुगेको स्थानीय अजय थापाले जानकारी दिए।