दमौली। चार दिनदेखि बेपत्ता तनहुँकाे भानु नगरपालिका-८ का १४ वर्षीय बालक रुपेश ओझा घर फर्किएका छन् । जेठ ३० गतेदेखि बाइसजाँगरबाट बेपत्ता भएका उनी बिहीबार घर फर्किएका हुन् ।
उनलाई एक व्यक्तिले काठमाडाै लगेकाे र साेही व्यक्तिले ल्याएर छाडिदिएकाे उनका आफन्तले जनाएका छन् । तर ती व्यक्ति काे हुन् भन्ने खुल्न सकेकाे छैन । उनी दिदी र ठूलीआमासँग बस्दै आएका छन् ।