रोटरीको स्वास्थ्य शिविरबाट ३०५ लाभान्वित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    रोटरीको स्वास्थ्य शिविरबाट ३०५ लाभान्वित

    खबरपुञ्ज संवाददाता

    ३ असार २०७९, शनिबार

    दमाैली । रोटरी क्लव अफ दमौलीले शनिबार आयोजना गरेको स्वास्थ्य शिविरबाट तीन सय पाँच जना लाभान्वित भएका छन् । क्लवले व्यास नगरपालिका–१४ कर्लुङमा शिविर आयोजना गरेको थियो ।

    जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र र रत्नहरी मेमोरियल अस्पताल दमौलीको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको क्लवका अध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिए ।

    शिविरमा पेट, छाती, मुटु, प्रेसर, सुगर, थाइराइड, हाडजोर्नी तथा नशारोग, स्त्री तथा प्रसुतीरोग, बालरोग, भिडियो एक्सरे लगायतको सेवा प्रदान गरिएको क्लवले जनाएको छ ।