नृत्य सम्बन्धी ताल, वेशभूषा र सैद्धान्तिक प्रशिक्षण सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नृत्य सम्बन्धी ताल, वेशभूषा र सैद्धान्तिक प्रशिक्षण सुरु

    खबरपुञ्ज संवाददाता

    ३ असार २०७९, शनिबार

    दमाैली । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नृत्य विभाग काठमाडौंको आयोजना तथा गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चको स्थानीय व्यवस्थापनमा नृत्य सम्बन्धी ताल, वेशभूषा र सैद्धान्तिक प्रशिक्षण कार्यक्रम शनिबारदेखि दमाैलीमा सुरु भएकाे छ ।

    जिल्ला समन्वय समितिको सभा हलमा सुरु तालिमकाे प्रशिक्षण भने भिक्टाेरिया डान्स ट्रेनिङ सेन्टरमा सञ्चालन हुनेछ । प्रशिक्षण असार ७ गतेसम्म सञ्चालन हुने प्रतिष्ठानले जनाएकाे छ ।

    नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य नमुना शर्माले प्रशिक्षणले व्यक्तित्व विकाससँगै आगामी दिनमा प्रशिक्षकको रुपमा विभिन्न क्षेत्रमा कार्य गर्न सक्ने क्षमता वृद्धि हुने बताइन् ।

    नृत्य सम्बन्धी ताल वेशभूषा र सैद्धान्तिक प्रशिक्षण कार्यक्रमक प्रशिक्षक सुरेन्द्र देसारले खुसी र स्वस्थ रहन नृत्य आवश्यक रहेको बताए ।

    प्रशिक्षणकाे व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्याैपानेले उद्घाटन गरेका थिए । कार्यक्रममा व्यासका अध्येता काशीनाथ न्यौपाने, प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारी, कार्यक्रमका संयोजक सर्जन थापा, प्रतिष्ठानका सचिव दिवाकर भट्टराई लगायतले धारणा राखेका थिए ।