मानिस प्रकृतिबाट टाढा जाँदैछन्, तर प्रकृति बिना बाँच्न सक्दैनौ : वरिष्ठ नेता पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मानिस प्रकृतिबाट टाढा जाँदैछन्, तर प्रकृति बिना बाँच्न सक्दैनौ : वरिष्ठ नेता पौडेल

    खबरपुञ्ज संवाददाता

    ४ असार २०७९, आईतवार

    दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मानिस प्रकृतिबाट टाढा जाँदै गरेको बताएका छन् । तनहुँको व्यास नगरपालिका–३ स्थित विपी वनवाटिकामा व्यास नगरपालिका र डिभिजन वन कार्यालय तनहुँले आइतबार आयोजना गरेको वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले प्रकृति संरक्षणलाई ध्यानमा नराखी संरचना निर्माण गर्ने क्रम बढेको बताए ।

    नेपालका शहरहरु अत्यन्तै नेपालका शहरहरु अत्यन्तै अव्यवस्थित ढङ्गले विकास गरिएको भन्दै वरिष्ठ नेता पौडेलले भने, “हामी प्रकृति बिना बाँच्न सक्दैनौ, त्यसकारण शहरमा सबैभन्दा बढी रुखहरुको आवश्यकता पर्दछ । शहरलाई सुन्दर बनाउन र मानिसलाई प्राणवायु प्रदान गर्न रुख आवश्यक पर्दछ ।”

    वरिष्ठ नेता पौडेलले दमौली पनि कङ्क्रिटको शहरमा परिणत हुँदै गएकाले मानिसको श्वासप्रक्रियालाई सहज बनाउन पनि रुखहरु रोप्नुपर्ने उल्लेख गरे । जिल्ला प्रशासन कार्यालय तनहुँको पुरानो भवन भत्काएर उद्यान बनाउने प्रक्रिया अगाडी बढाइएको भन्दै पौडेलले दमौलीलाई मानवमैत्री ठाउँ बनाउने प्रयास सुरु गरिएको बताए । मानिसलाई सबैभन्दा बढी आवश्यक पर्ने हावा, पानी र प्रकाश भएको उनको भनाई थियो ।

    व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकालाई प्रकृतिमैत्री बनाउने अभियान थालिएको बताए

    कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विश्वकर्मा, प्रदेश सांसद सरिता गुरुङ, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित लगायतले वृक्षारोपण गरेका छन् ।

    डिभिजन वन कार्यालय तनहुँको सहयोगमा यहाँ गुलमोहर, असारे र चेरीका २१ विरुवा रोपण गरिएको डिभिजन वन प्रमुख कोमलराज काफ्लेले जानकारी दिए ।