डेढ घण्टापछि पृथ्वीराजमार्गको डुम्रे–याम्पा खण्ड सुचारु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डेढ घण्टापछि पृथ्वीराजमार्गको डुम्रे–याम्पा खण्ड सुचारु

    खबरपुञ्ज संवाददाता

    ४ असार २०७९, आईतवार

    दमौली । पृथ्वीराजमार्ग अन्तरगत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा पहिरा खसेर अवरुद्ध भएको सडक डेढ घण्टापछि पुनः सुचारु भएको छ । आइतबार मध्यान्ह १२ बजेतिर पहिरा खसेपछि अवरुद्ध भएको डुम्रे–याम्पा सडक दिउँसो १ः३० बजेबाट सुचारु भएको हो ।

    पहिरा हटाएर राजमार्ग सुचारु गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पहिराले रोकिएका सवारी साधन गन्तव्यतर्फ जान थालेका छन् ।

    मुग्लिन पोखरा सडक विस्तारका लागि भित्ता खन्ने काम भइरहेकाले यहाँ बेला–बेलामा पहिरा खसिरहेको छ ।