दमाैली । धान रोपाइ सुरु भइसक्दा पनि मल नपाउँदा कृषकलाई समस्या भएको भन्दै तनहुँबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ । अखिल नेपाल किसान महासङ्घ तनहुँले साेमबार प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै रसायनिक मलको सहज व्यवस्था गर्न माग गरेको हो ।
मुख्य बाली लगाउने बेलामा रसायनिक मलको चरम अभाव भएकाले कृषि उत्पादन घट्न गई खाद्य सुरक्षामा समेत आँच आउने भएकाले समयमै मल उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाइएको महासङ्घका जिल्ला अध्यक्ष सोमराज तिमिल्सिनाले बताए ।
रसायनिक मलको आपूर्तिमा भएको चरम अभावको अन्त्य गरी गुणस्तरीय मल समयमै सहज ढङ्गले उपलब्ध गराउन, इन्धनमा भएको मूल्यवृद्धि घटाउन र किसान र कृषिक्षेत्रसँग सम्बन्धित विषयलाई अविलम्ब पूरा गर्न माग गरिएको छ ।
महासङ्घका गण्डकी प्रदेश संयोजक गोबद्र्धन गौलीले धान रोपाइ सुरु भइसक्दा पनि सरकारले मल दिन नसक्नु किसानका लागि पीडादायी रहेको उल्लेख गरे। राज्यले किसानको माग सुनुवाई नगरे कडा आन्दोलन गर्ने बताउँदै उनले आन्दोलन किसानका लागि रहर नभई बाध्यता भएको बताए ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले ज्ञापनपत्र सम्बन्धित निकायमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे । यसैगरी महासङ्घले आजै कृषि सामग्री संस्थानमा पनि धर्ना समेत दिएको छ ।