लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको दिवस सप्ताहव्यापी मनाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको दिवस सप्ताहव्यापी मनाइने

    खबरपुञ्ज संवाददाता

    ५ असार २०७९, सोमबार

    दमाैली । लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस तनहुँमा सप्ताहव्यापी रुपमा मनाइने भएको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा सोमबार बसेको बैठकले उक्त दिवस सप्ताहव्यापी रुपमा मनाउने निर्णय गरेको हो ।

    दिवसको अवसरमा असार ६ गतेदेखि १२ गतेसम्म विविध कार्यक्रम आयोजना गरिनेछ । जसअनुसार पहिलो दिन सोमबार साँझ अनसन चौतारीमा लागुऔषध विरुद्ध सचेतनाका लागि दीप प्रज्ज्वलन गरिएको छ ।

    असार ८ गते निर्मल मावि र बालमन्दिर माविमा लागुऔषध विरुद्धको सचेतना कार्यक्रम, साप्ताहिक कार्यक्रममा जिल्लाका सबै माध्यमिक विद्यालयमा लागुऔषध विरुद्धको सचेतना कम्तिमा एउटा कक्षा शिक्षक मार्फत् सञ्चालन गर्ने निर्णय भएको प्रजिअ अर्यालले जानकारी दिए ।

    माध्यमिक विद्यालय तथा क्याम्पस स्तरका शैक्षिक संस्थाहरुमा व्यवस्थापक, शिक्षकहरुलाई लागुऔषध विरुद्ध अनुशिक्षण कार्यक्रम, लागुऔषध विरुद्धको कार्यक्रम सञ्चालन गर्न सचेतनाका लागि वार्षिक कार्यक्रममा समेटी कार्यान्वयन गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएको छ ।