दमाैली । शिक्षक सेवा आयोगले तनहुँका छ शिक्षकको बढुवा गरेको छ । आयोगले कार्यसम्पादक मूल्याङ्कनमा आधारमा तीन शिक्षकलाई निम्न माध्यमिक तह प्रथम श्रेणी र तीन शिक्षकलाई माध्यमिक तह प्रथम श्रेणीमा बढुवा गरेको हो ।
रुक्मिणी पौडेल, चन्द्रप्रकाश सुवेदी र मुक्तिप्रसाद रेग्मी माध्यमिक तहमा बढुवा भएका छन् । पौडेलले ८६.५६६, सुवेदीले ८६.१४० र रेग्मीले ८४.११२ अङ्क प्राप्त गरेका छन् ।
रोहिणीराज पौडेल, विष्णुहरि भट्टराई र रामजीप्रसाद तिमिल्सिना निम्न माध्यमिक तहमा बढुवा भएका छन् । पौडेलले ९७, भट्टराईले ९२.९८ र तिमिल्सिनाले ९२.५५ अङ्क प्राप्त गरेका छन् ।