रोटरीद्वारा २० थान कम्प्युटर ल्याव हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    रोटरीद्वारा २० थान कम्प्युटर ल्याव हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    ८ असार २०७९, बिहीबार

    दमाैली । रोटरी क्लव अफ दमौली र रोटरी क्लव अफ पोखरा फिस्टेलले मध्यनेपाल नगरपालिका–४ स्थित भैरवकाली माध्यमिक विद्यालयलाई कम्प्युटर ल्याव हस्तान्तरण गरेको छ ।

    इड्यु टेच नेपाल र रोटरी क्लब चारलोटेसीभाईल अमेरिकाको सहयोग र सोही विद्यालयको समेत लगानीमा २० थान कम्युटर सहित करिब रु १२ लाख मुल्य बराबरको कम्प्युटर ल्याब स्थापना गरी बिहीबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

    कार्यक्रममा रोटरी क्लब पोखराका पूर्व अध्यक्ष एवं रोटरी डिष्ट्रिक अफिसर विनोद कोइरालाले रोटरीले कोही पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यका साथ शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको बताए। बदलिँदो समय र परिवेश अनुसार विद्यार्थीले आधुनिक शिक्षा प्राप्त गनुपर्ने बताउँदै उनले उक्त कम्युटर ल्याब प्रभावकारी सिकाइको माध्यम बन्ने विश्वास व्यक्त गरे ।

    रोटरी क्लब पोखरा फिस्टेलका पूर्व अध्यक्ष लक्ष्मी थापाले सहयोगी संस्थासँग समन्वय गरी हस्तान्तरण गरिएको यो ल्याबले बाहिर गएर महङ्गो शुल्क तिरेर कम्युटर सिक्नुपर्ने अवस्थाको अन्त्य हुने बताइन् ।

    रोटरी क्लब अफ दमौलीका पूर्व अध्यक्ष हरिसिं गुरुङले कम्प्युटर शिक्षाले आधुनिक र प्राविधिक शिक्षा प्रणालीलाई सघाउनुका साथसाथै बालबालिकाको बौद्धिक विकासका महत्वपूर्ण भूमिका खेल्ने बताए ।

    क्लवका पूर्व अध्यक्ष देव कुमार श्रेष्ठले आफूले अक्षर चिन्न सुरु गरेको विद्यालयमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्दै सहयोगी अन्तराष्ट्रिय रोटरी क्लब र व्यवस्थापनमा सहयोग गर्ने सबै क्लबप्रति धन्यवाद व्यक्त गरे ।

    विद्यालयका प्रधानाध्यापक हरिशचन्द्र लम्सालले कम्प्युटर ल्याबले विद्यार्थीको पढाईको माध्यम सरल बन्ने बताउँदै यसको उचित प्रयोग र संरक्षण गर्ने प्रतिबद्धत व्यक्त गरे ।