‘पाँच वर्षभित्र दमौली–केशवटार मार्ग कालोपत्रे हुन्छ’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    ‘पाँच वर्षभित्र दमौली–केशवटार मार्ग कालोपत्रे हुन्छ’

    खबरपुञ्ज संवाददाता

    ८ असार २०७९, बिहीबार

    दमाैली । व्यास नगरपालिका वडा नं १४ का वडाध्यक्ष काजीमान श्रेष्ठले पाँच वर्ष भित्र दमौलीदेखि केशवटार सम्म कालोपत्रे हुने बताएका छन् । पहिलो कार्यकालमा नै सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको भएता पनि कोराना महामारी र राजनैतिक खिचातानीको कारण दमौलीदेखि पोखरीभन्ज्याङ्गसम्म मात्र कालोपत्रे भएको उनले बताए ।

    २०३१ सालमा नै सडकको ट्रयाक खोलिएको भएता पनि हालसम्म यो मार्गमा कालोपत्रे नहुनु दुखद भएको समेत उनले बताए । आश्वासन दिने तर काम नहुने नै प्रमुख कारण भएको हुँदा अबकाे कार्यकालमा जसरी पनि उक्त मार्ग कालोपत्रे गर्ने श्रेष्ठले बताए ।

    त्यसका लागी संघीय सरकारबाट १ करोड ४७ लाख र गण्डकी प्रदेश सरकारवाट ५ करोड रुपैया बजेट विनियोजन भईसकेको हुँदा अबकाे आर्थिक वर्षवाट नै कालोपत्रेको थालनी गरिने समेत उनले बताए ।

    सदरमुकाम दमौली बजारबाट १४ किलोमिटर दुरीमा रहेको मार्गमा अहिलेसम्म ४ किलोमिटरमात्र कालोपत्रे भएको छ । बाँकीको मार्ग यहि कार्यकाल भित्र कालोपत्रे गर्ने योजना लिएको छु, जसरी पनि यो काम गर्दछु, वडाध्यक्ष श्रेष्ठले वताए ।

    यतिमात्र नभई संघीय बजेट र प्रदेश बजेटले पुग्ने ठाँउसम्म कालोपत्रे गर्ने र त्यसपछिको मार्गका लागि भनेर विश्व वैक सँग सम्झौता समेत भईसकेको उनले बताए । विश्व बैकसँग भएको सम्झौता बमोजिम ३ वटा मार्ग मध्ये दमौली केशवटार मार्ग पनि एउटा हो ।