आँबुखैरेनीको बजेट रु ६० करोड ५३ लाख
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीको बजेट रु ६० करोड ५३ लाख

    खबरपुञ्ज संवाददाता

    १० असार २०७९, शुक्रबार

    आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७९÷८० का लागि रु ६० करोड ५३ लाख ३३ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको शुक्रबार आयोजित सभामा उपाध्यक्ष दुर्गा अर्यालले उक्त अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।

    कूल विनियोजितमध्ये चालुतर्फ रु ३४ करोड ४४ लाख र पुँजीगततर्फ रु २६ करोड २६ लाख विनियोजन गरिएको छ ।

    आर्थिक विकासतर्फ रु आठ करोड ९० लाख, सामाजिक विकासतर्फ रु १९ करोड १९ लाख, पूर्वाधारतर्फ रु १८ करोड ३६ लाख, वन वातावरणतर्फ रु एक करोड ३६ लाख, सुशासनतर्फ रु दुई करोड ३२ लाख विनियोजन गरिएको अर्यालले जानकारी दिइन् ।

    आयतर्फ सङ्घीय सरकार सशर्त अनुदानबाट रु १६ करोड १३ लाख, वित्तीय समानीकरणबाट रु दश करोड ५३ लाख, विशेष अनुदानबाट रु एक करोड ७० लाख, राजश्व बाडँफाँटबाट रु आठ करोड, प्रदेश सरकार अनुदानबाट रु एक करोड १६ लाख, सशर्त अनुदानबाट रु ४० लाख हुने अनुमान गरिएको छ ।

    गाउँपालिकाले एक वडा एक उत्पादन, अध्यक्षसँग युवा स्वरोजगार कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ । यस्तै पर्यटन, पूर्वाधार विकासका लागि ऐनापहरा, छिम्केश्वरी, समस्तीपुरमा साहसिक पर्यटनका लागि बजेट विनियोजन गरिएको उपाध्यक्ष अर्यालले बताइन् ।

    यसअघि शुक्रबार नै गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।