दमौली । नेकपा माओवादी केन्द्न तनहुँले जिल्ला समन्वय समितिको उपप्रमुख र सदस्य उम्मेदवार टुंगो लगाएको छ । आइतबार मनोनयन दर्ताको कार्यतालिका रहेको छ ।
कांग्रेस र माओवादीबीच जिससका लागि सहकार्य हुने सहमति अनुसार माओवादीले उपप्रमुख र दुई सदस्यको उम्मेदवार टुंगो लगाएको माओवादी गण्डकी प्रदेश कमिटीका सहसचिव अतिन्द्रकेशरी न्यौपानेले जानकारी दिए ।
उनका अनुसार उपप्रमुखमा ऑबुखैरेनी-२ का वडा सदस्य बासुदेव थापा उम्मेदवार बन्ने भएका छन् । सदस्यमा खुल्ला तर्फ शुक्लागण्डकी-११ का वडा सदस्य खिमलाल भण्डारी र महिला सदस्यमा बन्दीपुरकी लक्ष्मी गुरुङको नाम टुंगिएको छ ।