समन्वय समितिका नवनिर्वाचित प्रमुखद्वारा पदभार ग्रहण (फाेटाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    समन्वय समितिका नवनिर्वाचित प्रमुखद्वारा पदभार ग्रहण (फाेटाे सहित)

    खबरपुञ्ज संवाददाता

    १२ असार २०७९, सोमबार

    दमाैली । जिल्ला समन्वय समिति तनहुँका नवनिर्वाचित प्रमुख शान्तिरमण वाग्लेले साेमबार पदभार ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानासँग शपथग्रहण गरेलगत्तै वाग्लेले पदभार ग्रहण गरेका हुन् ।

    पदभार ग्रहणपछि सम्बोधन गर्दै प्रमुख वाग्लेले जिल्लास्थित स्थानीय तहबीच समन्वयकारी भूमिका निर्वाह गर्ने आफूहरुको पहिलो प्राथमिकता रहने बताए । समन्वय समितिसँग कार्यकारी अधिकार नभएकाले समन्वय, विकास निर्माणमा सन्तुलन कायम, अनुगमन लगायतका काम आफूहरुको कार्यक्षेत्रभित्र पर्ने वाग्लेले उल्लेख गरे।

    समन्वय समितिका प्रमुख वाग्लेलाई समन्वय अधिकारी थमनसिं थापाले पदभार ग्रहण गराएका थिए । पदभार ग्रहण गर्दै वाग्लेले निर्माणाधीन सभागृहमा साउण्ड सिष्टम राख्नका लागि सहयोग गर्न व्यास नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरेका छन् ।

    यसैगरी समन्वय समितिका उपप्रमुख बासुदेव थापा लगायत सदस्यहरु चिरञ्जीवि ढकाल, पानकुमारी खाँण, तिलादेवी राना, डोलबहादुर सुनार, खिमलाल भण्डारी र लक्ष्मी गुरुङले पदभार ग्रहण गरेका छन् ।

    पदभार ग्रहण गर्नु अगाडी मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले प्रमुख वाग्लेलाई शपथग्रहण गराएका थिए । साथै प्रमुख वाग्लेले उपप्रमुख लगायत सदस्यहरुलाई शपथग्रहण गराएका थिए । शपथग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत ढुङ्गानाले तनहुँमा निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएको र निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।