दमौली । टिभिएस अपाचे आरटिआर १६० ४-भी आरटिएफआईको औपचारिक बिक्री सोमबारबाट दमौलीमा पनि सुरू भएको छ।
दमौलीस्थित एमएस ट्रेडर्सले सोमबारबाट नयाँ मोडलको बाइकको आधिकारिक बिक्री सुरू गरेको हो।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उक्त मोटरसाइकल सार्वजनिक गरेका छन्। कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघ दमौली इकाई सभापति भूपाल आले, पूर्व अध्यक्ष राजकुमार श्रेष्ठ (राकु) लगायत सहभागी थिए ।
यो बाइकमा रेन, अर्बन र स्पोर्ट गरी तीन राइड मोडहरू छन्। यो विशेषताले चालकको राइडिङ अनुभवलाई थप सहज र सुरक्षित बनाउने ट्रेडर्सका सञ्चालक सरोज भण्डारीले जानकारी दिए ।
यसैगरी, यस बाइकको अर्को सशक्त पक्ष भनेको रेस ट्युन्ड फ्युल इनजेक्सन (आरटिएफआई) टेक्नोलोजी युक्त बिएस-६ कम्प्लायन्ट इन्जिन हो। अटोमोबाइल जगतमा आरटिएफआई टेक्नोलोजिलाई निकै उत्कृष्ट मानिन्छ। यसैगरी बिएस-६ कम्प्लायन्ट इन्जिन सहितको अपाचे आरटिआर नेपाली बाइक प्रेमीले धेरै पहिलादेखि नै प्रतिक्षा गरिरहेको पाइन्छ।
यस आरटिएफआई टेक्नोलोजीयुक्त इनजिनले माइलेजमा वृद्धि गर्छ भने बिएस-६ कम्प्लायन्ट इन्जिन वातावरण मैत्री हुन्छ। यसले टिभिएसको रेसिङ डिएनएको इतिहासलाई थप नयाँ उचाइमा पुर्याएको छ।
बाइकमा स्मार्ट कनेक्सन सुविधा पनि दिइएको छ। जसको सहायताले बाइकमा ब्लुतुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिङ, लिन एंगल मोड, साथै कल र एसएमएस अलर्ट जस्ता आधुनिक सेवा जडान गरिएको छ।यसले गर्दा बाटोमा यात्रा गर्दा अरू सामान्य बाइक भन्दा अतिरिक्त फाइदा दिन्छ।
जगदम्बा मोटर्सले यो नयाँ बाइकको सुरुवाती मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ तोकेको छ।