सर्भाइकल क्यान्सर सचेतना एवं स्वास्थ्य शिविर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    सर्भाइकल क्यान्सर सचेतना एवं स्वास्थ्य शिविर

    खबरपुञ्ज संवाददाता

    १७ असार २०७९, शनिबार

    दमाैली । व्यास नगरपालिका–३ निमचोक टोल विकास संस्थाको आयोजनामा शनिबार सर्भाइकल क्यान्सरको सचेतना एवं स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

    मेडी ट्रष्ट प्याथलोजी पोखरा र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. प्रमिशा बरालको सहकार्यमा शिविर गरिएको हो ।

    शिविरमा पाठेघरको क्यान्सर सम्बन्धि स्क्रिनिङ परीक्षण, मधुमेह, मिर्गौला, मुटु, रगतमा बोसोको मात्रा, थाइराइड, पिसाबको समेत परीक्षण गरिएको थियो ।

    शिविरमा व्यास–३ का वडाध्यक्ष अनुप रानाले बेलैमा रोग पत्ता लगाउन सके उपचार गर्न सहज हुने बताए ।

    वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. प्रमिशा बरालले स्त्रीरोग सम्बन्धी परामर्श दिएकी थिइन् ।