१७ डिआइजीलाई दज्र्यानी चिह्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    १७ डिआइजीलाई दज्र्यानी चिह्न

    खबरपुञ्ज संवाददाता

    १८ असार २०७९, आईतवार

    काठमाडौ । नेपाल सरकार (मन्त्रीस्तर) को यही १७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा पदोन्नति भएका १७ प्रहरी अधिकृतलाई आइतबार दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

    प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उनीहरुलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।। पदोन्नतिपछि दज्र्यानी चिह्न प्राप्त गर्ने डिआइजीमा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा छन् ।