शुक्लागण्डकी नपालाई बालमैत्री स्थानीय तह बनाउने प्रतिबद्धता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकी नपालाई बालमैत्री स्थानीय तह बनाउने प्रतिबद्धता

    खबरपुञ्ज संवाददाता

    १९ असार २०७९, सोमबार

    दुलेगाैडा । तनहुँको शुक्लागण्डकी नगरपालिकालाई बालमैत्री स्थानीय तह बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ । सामाजिक विकास कार्यालय तनहुँले साेमबार आयोजना गरेको बालमैत्री स्थानीय शासन प्रबद्र्धन तथा व्यवस्थापन कार्यशालाको अवसरमा सरोकारवालाले नगरपालिकालाई बालमैत्री स्थानीय तह बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक, विभिन्न वडाका अध्यक्षहरुले नगरपालिकालाई पाँच वर्षभित्र बालमैत्री स्थानीय तह बनाउने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ बमोजिम अनुसूची २ दफा १३ अनुसार बालमैत्री सुशासनका लागि नगरपालिकाले विभिन्न भूमिका निर्वाह गर्ने सो अवसरमा प्रतिबद्धता व्यक्त गरिएको छ ।

    उपप्रमुख विकले आगामी वर्ष ०७९÷८० को नीति तथा कार्यक्रममा पाँच वर्षभित्र पूर्ण रुपमा बालमैत्री स्थानीय तह बनाउने प्रस्ताव पारित गरिसकेको बताए। नगरपालिकालाई बालमैत्री बनाउनका लागि आवश्यक पर्ने सबै नीतिगत तथा भौतिक निर्माणका कार्य सम्पन्न गरिने विकले बताए ।

    प्रतिबद्धतापत्रमा बालमैत्री स्थानीय शासन सम्बन्धी नीति तर्जुमा गर्ने, स्थानीय शासन सम्बन्धी नीतिलाई वार्षिक एवं आवधिक योजनामा समावेश गर्ने, वडा समितिको प्रतिबद्धता, गरिबी नक्साङ्कन, बाल क्लव गठन तथा क्रियाशीलता जस्ता विषयलाई आधार मानी बालमैत्री वडा घोषणा गर्ने, बालमैत्री स्थानीय शासन प्रबद्र्धनका लागि लगानी अनुसार योजना तथा कार्यक्रम तर्जुमा र सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

    सरकारी तथा गैरसरकारी निकायबाट स्थानीय तहमा सञ्चालन हुने बालमैत्री स्थानीय शासन सम्बन्धी कार्यक्रम समन्वयात्मक ढङ्गबाट सञ्चालन गर्ने, आवश्यकता अनुसार बाल सञ्जाल तथा बाल क्लव गठन गर्ने, बालमैत्री स्थानीय शासनको आवधिक प्रगति समिक्षा गर्ने, बाल क्लव, समूह तथा सञ्जालहरुलाई सूचीकृत गरी तथ्याङ्क अद्यावधिक गर्ने, स्थानीय तहको पूर्वाधार तथा सामाजिक विकासका संरचना र सेवा प्रवाहलाई बालमैत्री बनाउन नीतिगत व्यवस्था गर्ने, बालमैत्री स्थानीय शासन सम्बन्धी कार्यक्रमहरुको अनुगमन तथा मूल्याङ्कन गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ ।