व्यास सहकारीद्वारा आगामी वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    व्यास सहकारीद्वारा आगामी वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत

    खबरपुञ्ज संवाददाता

    २३ असार २०७९, शुक्रबार

    दमाैली । व्यास नगरपालिका–३ स्थित व्यास बचत तथा ऋण सहकारी संस्थाले आगामी वर्षका लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । सहकारी संस्थाले शुक्रबार एक कार्यक्रमको आयोजना गरी आगामी वर्ष ०७९÷८० का लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेको हो ।

    सहकारी संस्थाले आगामी वर्षका लागि रु चार करोड आम्दानी हुने अनुमान गरेको छ । त्यस्तै रु दुई करोड २२ लाख ५२ हजार खर्च हुने अनुमान गरिएको छ ।

    चालु आर्थिक वर्षमा रु तीन करोड ९५ लाख आम्दानी हुने अनुमान गरिएकामा असार २३ गतेसम्म रु दुई करोड ६२ लाख आम्दानी भएको संस्थाका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए ।

    शेयर सदस्य थप्ने, बचत बढाउने नीति

    सहकारीले आगामी वर्ष शेयर सदस्य थप्ने नीति लिएको छ । आगामी वर्ष पाँच सय नयाँ सदस्य थप गर्ने नीति लिइएको छ । चालु आर्थिक वर्षमा सात सय चार सदस्य थप्ने लक्ष्य राखिएपनि तीन सय चार सदस्य मात्रै थप भएको अधिकारीले जानकारी दिए ।

    एक शेयर सदस्यले एक सदस्य थप गर्ने लक्ष्य राखिएपनि प्रभावकारी नभएको उनले बताए । यस्तै वासलात सम्पत्ति २९ करोड पु¥याउने, शेयर रकम सात करोड ३० लाख पु¥याउने, संस्थागत पुँजी ५६ लाख वृद्धि गर्ने, बचत १८ करोड २६ लाख पु¥याउने र लगानी १३ करोड पु¥याउने लक्ष्य राखिएको छ ।

    चालु आर्थिक वर्षमा शेयर ३८ लाख थप्ने लक्ष्य रहेकामा ३७ लाख ७५ हजार थप भएको छ । एक करोड २० लाख जगेडा कोष बनाउने लक्ष्य रहेकामा एक करोड १७ लाख जगेडा कोष थपिएको छ । अन्य कोषमा २० लाख पु¥याउने लक्ष्य रहेकामा २२ लाख ४९ हजार थप भएको छ ।

    ऋण सुरक्षण कोष १० लाखको लक्ष्य रहेकामा ११ लाख ६४ हजार पुगेको छ । बचत चार करोड १० लाख थप्ने लक्ष्य रहेकामा अघिल्लो आर्थिक वर्षभन्दा ७९ लाख कम बचत भएको छ । ८ आठ करोडको ऋण प्रवाह लक्ष्य रहेकामा ११ करोड ऋण लगानी भएको छ ।

    कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष मंगलप्रसाद श्रेष्ठ, उपाध्यक्ष प्रेमप्रसाद पौडेल, सचिव त्रिभुवन श्रेष्ठ लगायतले विभिन्न सुझाव राखेका थिए ।