दमौली खानेपानीका अध्यक्षदेखि निवर्तमान वडाध्यक्षसम्मलाई निस्सा !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली खानेपानीका अध्यक्षदेखि निवर्तमान वडाध्यक्षसम्मलाई निस्सा !

    खबरपुञ्ज संवाददाता

    २७ असार २०७९, मंगलवार

    दमौली । व्यास नगरपालिकाले दमौली खानेपानी संस्थाका अध्यक्षदेखि निवर्तमान वडा सदस्यसम्मलाई निस्सा वितरण गरेको छ । व्यास-२ वडा कार्यालयमार्फत् मंगलबार तीन भूमिहीन दलित, ६ भूमिहिन सुकुम्बासी र १२३ अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको हो ।

    निस्सा पाउनेमा दमौली खानेपानी संस्थाका अध्यक्ष एवं व्यवसायी वृषराज श्रेष्ठदेखि व्यास-१३ का निवर्तमान वडाध्यक्ष लेखबहादुर थापासम्म छन् ।

    व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, राष्ट्रिय भूमि आयोगका अध्यक्ष रामचन्द्र अधिकारी, वडाध्यक्ष काशीराम श्रेष्ठ लगायतको उपस्थितिमा निस्सा बॉडिएको छ ।

    निस्सा लिनेमा उक्त वडाका व्यवसायी, पूर्व शिक्षक समेत छन्। उनीहरु सबैलाई अव्यवस्थित बसोबासीको निस्सा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

    सोही निस्साका आधारमा अब जग्गा नापजॉचको काम अगाडी बढ्ने भूमि आयोगका सदस्य श्रीराम कार्कीले बताए ।

    नगरपालिकाले सोमबार व्यास-१ का भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरेको थियो ।