दहत्तर बहत्तर ठेक्कामा व्यास नपाले ६० लाख असुल गरेन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    दहत्तर बहत्तर ठेक्कामा व्यास नपाले ६० लाख असुल गरेन

    खबरपुञ्ज संवाददाता

    २९ असार २०७९, बिहीबार

    दमाैली । तनहुँको व्यास नगरपालिकाले दहत्तर बहत्तर ठेक्कामा रु ६० लाख १० हजार मूल्य अभिवृद्धि कर असुल नगरेको पाइएको छ । आर्थिक वर्ष ०७७÷७८ मा नगरपालिकाले लगाएको ठेक्कामा रु ६० लाख १० हजार मूल्य अभिवृद्धि कर असुल नगरेको पाइएको हो ।

    महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औं प्रतिवेदन अनुसार नगरपालिकाले उक्त रकम असुल गरी सञ्चित कोष दाखिला गर्नुपर्ने जनाइएको छ ।

    मूल्य अभिवृद्धि कर नियमावली, २०५३ मा मूल्य अभिवृद्धि कर लाग्ने वस्तु ठेक्का मार्फत् विक्री गर्दा वा सेवा शुल्क सङ्कलन गर्दा ठेक्का रकममा लाग्ने मूल्य अभिवृद्धि कर समेत दाखिला गर्नुपर्ने उल्लेख छ ।