गोरुको मासुसहित तीनजना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गोरुको मासुसहित तीनजना पक्राउ

    खबरपुञ्ज संवाददाता

    ३१ असार २०७९, शुक्रबार

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले गोरुको मासुसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको रुवी गाउँपालिका–५ का २८ वर्षीय शङ्कर तामाङ, चितवनको भरतपुर महानगरपालिका–१० का ४५ वर्षीय प्रतीक ठकुरी र कास्कीको पोखरा महानगरपालिका–११ का ३५ वर्षीय होम घिमिरे छन् ।

    कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना२ह ३९६९ नंको अटोलाई जाँच गर्ने क्रममा बिहीबार गोरुको मासु फेला परेको हो । प्लाष्टिकको बोरामा लुकाइ मासु ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । –––