मुद्धा फर्छ्योटमा तनहुँका न्यायाधीश पौडेल गण्डकीमै प्रथम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुद्धा फर्छ्योटमा तनहुँका न्यायाधीश पौडेल गण्डकीमै प्रथम

    खबरपुञ्ज संवाददाता

    ३१ असार २०७९, शनिबार

    दमौली । तनहुँ जिल्ला न्यायाधीश बासुदेव पौडेल मुद्धा फर्छ्यौटमा गण्डकी प्रदेशमै प्रथम भई सम्मानित भएका छन् । चालु आर्थिक वर्ष ०७८/७९ मा मुद्धा फर्छ्यौटमा पौडेल प्रदेशमै प्रथम हुन सफल भई उच्च अदालत पोखराबाट सम्मानित भएका हुन् ।

    उनलाई कायम मुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र रजिष्ट्रार श्रीलाल पौडेलले शुक्रबार आयोजित कार्यक्रममा सम्मानपत्रले सम्मानित गरेका छन् ।

    स्वतन्त्र, निष्पक्ष, गुणस्तरीय र प्रभावकारी न्याय सम्पादनका लागि मुद्धाको फर्छ्यौटमा उल्लेखनीय योगदान गरी पौडेल प्रदेशमै प्रथम भएका हुन् ।

    पौडेलले चालु आर्थिक वर्षमा ७४१ थान मुद्धा फर्छ्यौट गरेको तनहुँ अदालतले जनाएको छ ।