दमौली । व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा क्रियाशील जीवन सेवा अभियान निर्मल माविमा पनि विस्तार भएको छ । शुक्रबार आयोजित भेलाले अस्मी दवाडीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ।
२०७५ सालमा आर्थिक रूपमा कमजोर विद्यार्थीहरुलाई अध्ययनको यात्रामा सहयोग गर्ने अभिप्राले आध्यात्मिक संस्था जीवन विज्ञानको अनुयानी हुँदै जीवन सेवा अभियान आदिकवि भानुभत्त क्याम्पसमा स्थापना भएको थियो।
यस अभियानले क्याम्पसमा मात्र नभई अन्य विद्यालयमा विद्यार्थीलाई अध्ययनमा टेवा पुर्याउने खालको पोशाक, स्टेसनरी, उत्प्रेरणा कार्यक्रम गर्दै सहयोग गरिरहेको संस्थापक अध्यक्ष राजेशकुमार श्रेष्ठले जानकारी दिए।
कार्यक्रममा बोल्दै आदिकवि भानुभक्त क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जीवन सेवा अभियानले गरेको कामको प्रशंसा गरे।
निर्मल माविका प्रधानध्यापक गणेशचन्द्र बस्नेतले विद्यार्थीलाई अनुशासित हुँदै आफूले आफूलाई चिन्न र योगको माध्यमले स्वास्थ्य रही आफ्नो दैनिकी फलदायी बनाउन यस्तो अभियान प्रत्येक विद्यालयमा आवश्यक रहेको बताए।