बुबाआमाको स्मृतिमा रेग्मीद्वारा विद्यालयमा एक लाखको अक्षयकोष
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    बुबाआमाको स्मृतिमा रेग्मीद्वारा विद्यालयमा एक लाखको अक्षयकोष

    खबरपुञ्ज संवाददाता

    ३२ असार २०७९, आईतवार

    स्याङ्जा । वरिष्ठ प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले आफ्ना बुबाआमाको स्मृतिमा विद्यालयमा एक लाखको अक्षयकोष स्थापना गरेका छन् । भिरकोट नगरपालिका–२ दहथुम माध्यमिक विद्यालयमा रेग्मीले आइतबार एक लाखको अक्षयकोष स्थापना गरेका हुन् ।

    वालिङ नगरपालिका–१ निवासी रेग्मीले उक्त रकम विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेका छन् ।

    बुबा स्व. टीकाराम रेग्मी तथा माता स्व. सुशीला रेग्मीको स्मृतिमा टीकाराम सुशाीला अक्षयकोष स्थापना गरिएको हो । संरक्षकमा दीपक रेग्मी र प्रतिमा अधिकारी रेग्मी रहने गरी अक्षयकोष स्थापना गरिएको हो ।

    उक्त कोषको व्याजबाट कक्षा ८ र ९ मा अध्ययनरत गरिब तथा जेहेन्दार २÷२ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ ।

    स्व. टीकाराम रेग्मीले २०१५ देखि २०५० असोज १६ गतेसम्म सोही विद्यालयमा अध्ययन गराएका थिए ।