अनसन चौतारामा सुतिरहेका वृद्धको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अनसन चौतारामा सुतिरहेका वृद्धको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ६ श्रावण २०७९, शनिबार

    दमौली । तनहुँको व्यास नगरपालिका–३ स्थित अनसनचौतारामा सुतिरहेका एक वृद्धको शनिबार बिहान मुत्यु भएको छ । मृत्यु हुने वृद्धको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ती वृद्ध अन्दाजी ६५-७० उमेरको रहेको अनुमान गरिएको छ ।

    विगत लामो समयदेखि दमौली आसपास मागेर गुजारा चलाउँदै आएका ती व्यक्ति शुक्रबार रातिदेखि अनसन चौतारा आसपास बसिरहेका थिए । प्रत्यक्षदर्शीका अनुसार शुक्रबार राति पानी परेका बेला खुल्लाचौर नजिक रहेको मञ्चमा बसेका उनी आज बिहान चौतारामा आएर सुतेका थिए ।

    प्रहरीले मृतकको सनाखत गर्नका लागि प्रयास गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए । मृतकको शव पोष्टमार्टमका लागि दमौली अस्पताल राखिएको छ ।