दमाैली । नेपाल प्रेस युनियनको महाधिवेशनमा उपाध्यक्षका उम्मेदवार ओमकार आचार्यले मतदाताप्रति आभार व्यक्त गरेका छन् । झिनो मतान्तरले उपाध्यक्षमा पराजित भएपछि आचार्यले आफूलाई मतदान गर्ने मतदाताप्रति आभार व्यक्त गरेका हुन् ।
“निर्वाचन एउटा प्रकृया हो । स्वस्थ लोकतान्त्रिक अभ्यास हुँदा हारजित स्वभाविक हो,” आचार्यले भनेका छन्, “यसलाई मैले सामान्य रूपमा लिएको छु । फेरि यो घरभित्रकै प्रजातान्त्रिक विधि हो ।’
आचार्यले आफ्नो जितको कामना गरि शुभेच्छा र सदिच्छा प्रकट गर्दै अतुलनीय सहयोग पु¥याउने अग्रज एवं स्नेही साथीहरूप्रति धन्यवाद व्यक्त गरेका छन् ।
आचार्यले उपाध्यक्ष (गण्डकी प्रदेश) मा विजयी ऋषिकान्त पौडेललाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।