दमौली । व्यास नगरपालिकाले २०७६ साल जेठबाट नगरवासीसँग नगरप्रमुख कार्यक्रम सुरु गर्यो । जनताका गुनासो सुन्न नगरपालिकाले प्रत्येक सोमबार एक घण्टा उक्त कार्यक्रम शुभारम्भ गरेको थियो । केही हप्ता यो कार्यक्रम सञ्चालन भएपनि यसले निरन्तरता पाएन ।
स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित भएपछि व्यासका जनप्रतिनिधिले पुन: यो कार्यक्रम सुरु गर्ने भएका छन् । आइतबार बसेको कार्यपालिका बैठकले नगरवासीसँग संवाद कार्यक्रम गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए ।
यो कार्यक्रम हरेक महिनाको २ गते आयोजना गरिने भएको छ ।