दमाैली । तनहुँ जिल्ला अदालतका न्यायाधीश बासुदेव पौडेलको सरुवा भएको छ । न्यायपरिषद्ले मंगलबार पौडेल सहित दुई सय २४ न्यायाधीशको सरुवा गरेको छ ।
उनी काठमाडौ जिल्ला अदालतमा सरुवा भएका छन् । पौडेल आर्थिक वर्ष ०७८÷७९ मा गण्डकी प्रदेशभर सबैभन्दा बढी मुद्धा फछ्र्याैट गरेबापत उच्च अदालत पोखराबाट सम्मानित भएका थिए ।
तनहुँ अदालतमा ओखलढुंगा अदालतबाट न्यायाधीश दलबहादुर केसी आउने भएका छन् ।