दमाैली । तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर रिसोर्ट प्रालिले महालेखाको प्रतिवेदन भ्रमपूर्ण रहेको बताएको छ । रिसोर्टका बारेमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति खण्डन गर्दै रिसोर्टले सत्यतथ्य कुरा नबुझी भ्रमपूर्ण समाचार प्रकाशन गरेको दाबी गरेको छ ।
रिसोर्टले मङ्गलबार प्रेस विज्ञप्ती जारी गरी वनको जग्गा उपभोग गरेबापत प्रत्येक वर्ष दश प्रतिशतका दरले रोयल्टी रकम थप हुँदै जाने शर्त भए अनुसार नै प्रत्येक वर्ष सोही अनुसार रकम भुक्तानी गर्दै आइरहेको जनाएको छ । सो क्षेत्र आहालडाँडा सामुदायिक वन अन्तर्गत पर्ने भएकाले उक्त सामुदायिक वनलाई समेत प्रत्येक वर्ष ५० हजार भुक्तानी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
वनको जग्गा उपभोग गरेबापत प्रत्येक दश वर्षमा भाडा पुनरावलोकन हुनुपर्नेमा त्यसो हुन नसकेको भन्ने आशय व्यक्त गरिएतापनि रिसोर्टले वन ऐन २०४९ र वन नियमावली २०५१ को अधिनमा रही २०५४ फागुन २० मा १९ रोपनी अर्थात् ०.९६ हेक्टर जग्गा लिजमा लिएको थियो ।
सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।