दमाैली । व्यास नगरपालिका–३ शान्तिनगरस्थित गोरखकाली बोर्डिङ स्कूलका चार विद्यार्थीले ३.६ भन्दा बढी जिपिए प्राप्त गरेका छन् । एसइइ परीक्षामा सहभागी भएकामध्ये चार विद्यार्थीले ३.६ भन्दा बढी जिपिए प्राप्त गरेका हुन् ।
एसइइ परीक्षामा २७ जना विद्यार्थी सहभागी भएकामा अनिश पन्थले ३.८०, प्रभाश पौडेलले ३.७०, दिपिन गुरुङले ३.६५ र सुमिन श्रेष्ठले ३.६५ जिपिए प्राप्त गरेको विद्यालयका सहायक प्रिन्सिपल तीर्थ रानाभाटले जानकारी दिए ।
विद्यालयका छात्र पन्थले प्राप्त गरेको जिपिए संस्थागत विद्यालयतर्फ जिल्लामा नै सर्वोत्कृष्ट भएको दावी गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएर विद्यालयको इज्जत बढाएको रानाभाटले बताए ।