बुबाको किरियामा छोरी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बुबाको किरियामा छोरी

    खबरपुञ्ज संवाददाता

    १६ श्रावण २०७९, सोमबार

    दमाैली । छोरीहरुले किरिया बस्नुहुन्न भन्ने सामाजिक कुरिती अझैपनि छ । तर तनहुँको म्याग्दे गाउँपालिका–३ का छोरीहरुले भने उक्त कुरितीलाई चुनौति दिँदै बुबाको किरियामा बसेका छन् ।

    किलचोकस्थित मुस्कान श्रेष्ठ र खुसी श्रेष्ठले बुबा स्व. पदमकुमार श्रेष्ठको निधनमा किरिया बसेका हुन् । साउन ११ गते श्रेष्ठको निधन भएपछि छोरीहरु किरियामा बसेका हुन् ।

    सामाजिक परम्परा अनुसार छोरा किरिया बस्ने प्रचलन भएतापनि मृतकका छोरा २० महिनाको मात्र रहेकाले छोरीहरु नै किरियामा बसेको मुस्कानले बताइन् । “समाज रुपान्तरणमा छोरा र छोरी दुवैको समान भूमिका हुन्छ, बुबाको किरियामा हाम्रो पनि भूमिका रहन्छ,” उनले भनिन् ।

    घरको अभिभावक बितेपछि अब कसरी जीवन बिताउने भन्ने समस्या थपिएको मृतकका श्रीमती सुजिता श्रेष्ठले बताइन् ।

    यसैबीच मृतकका परिवारलाई समवेदना व्यक्त गर्न पुग्नुभएका तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य केदार सिग्देल, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले छोरीहरुको सहासले समाज रुपान्तरणमा महत्वपूर्ण सन्देश दिएको बताए ।